अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध


काठमाडौं-प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएको हो।

नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए।

विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न समय दिए।

उनले अध्यादेशदेखि सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएको विषयमा आपत्ति जनाए।