अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपाको प्रश्न: सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

नेकपाको प्रश्न: सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?


काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ माग गरेको छ।

वैशाख २८ गते सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकको शून्य समयमा बोल्दै संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सुकुमवासी बस्तीमा डोजर लगाउने, संवैधानिक परिषदमार्फत प्रधानन्यायाधीश सिफारिस लगायतमा सरकारी कार्यशैली लोकतन्त्रविपरित भएको भन्दै सरकारको जवाफ माग गरेका हुन्। 

‘सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको छ। डोजर आतङ्क देखाइएको छ। इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?’ प्रमुख सचेतक दुलालको प्रश्न छ ।

प्रमुख सचेतक दुलालले ‘रुल अफ ल’ को नारा दिएर बनेको सरकारले रुल बाहिर गएर सत्ता चलाइरहेको भन्दै यो लोकतन्त्रको उन्नततर्फको पाइला हो वा निरंकुशतातर्फ गएको हो भन्दै प्रश्न गरे। 

उनले प्रधानन्यायाधीश सिफारिसतर्फ सङ्केत गर्दै संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य वा सहमतिको औचित्य लोकतन्त्रमा हुँदैन भन्दै संवैधानिक अदालतलाई चुनौती दिनेगरी निर्णय भएको भन्दै आफ्नो दलले जवाफ मागेको बताए ।