काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज बस्दैछ।संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ।
छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहले टेबुल गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ।
सरकारले नागरिकमैत्री सेवामार्फत शासकीय सुधार गर्ने उद्देश्यले १०० दिनमा गरिने १०० कार्यसूची सार्वजनिक गरेको थियो।







प्रतिक्रिया