काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले मर्यादापालनलाई ध्यान नदिने हो भने संसद्को गरिमा रहन नसक्ने संयोजक प्रचण्डको भनाइ थियो।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा संयोजक प्रचण्डले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै अघि बढ्न सक्ने बताए।
‘हाम्रो भू–राजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछु। संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अघि जान सक्छौं,’ प्रचण्डले भने, ‘हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै प्रधानमन्त्रीजीले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन।’
उक्त विषयमा ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीको कार्यशैलीमा सबै नेपालको भविष्य जोडिएको टिप्पणी गरे । ‘यसमा हामी सबैको ध्यान जाओस् । प्रधानमन्त्रीको कार्यशैलीमा हामी सबैको भविष्य जोडिएको छ,’ प्रचण्डले भने ।







प्रतिक्रिया