अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनमा हर्क साम्पाङको प्रश्न: ‘यो सरकारमा प्रधानमन्त्री छ कि छैन ?’

सदनमा हर्क साम्पाङको प्रश्न: ‘यो सरकारमा प्रधानमन्त्री छ कि छैन ?’


काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको भन्दै के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘यो सरकार छ कि छैन् ? प्रधानमन्त्री छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्छ कि पर्दैन ? संसदमा उभिएर सांसदहरुको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो भन्ने हुन्छ ? जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त?’

त्यस्तै उनले ‘जनता सरकारसँग डराएर बाच्नुपर्ने हो ?’ भन्ने प्रश्न गरे। जनताको जिउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ? भन्ने उनको अर्को प्रश्न थियो।

‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? यही हो लोकतन्त्र रुजनताको जिउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य कसलाई सोधेर गरिररहेको हो वा आफूखुसी निर्माण गरिरहेको हो। उदाहरणका लागि महाकालीपारिपट्टि तटमा भइरहेको निर्माणलाई हेर्न सक्छौँ। सरकार किन मुकदर्शक बनेको छ, यसको उत्तर सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई जानकारी दिएको राम्रो,’ उनले भने।

उनले नीति तथा कार्यक्रम बन्दा प्रतिपक्ष दलसँग छलफल नगरी खाका बनाएर बाचन भएको भन्दै आपत्ति जनाए।