अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग 

संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग 


काठमाडौँ-नेपाली कांग्रेसका सांसद निष्कल राईले रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गरेका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा बाहिर निस्किएका प्रधानमन्त्री मंगलबार र बुधबार किन सदनमा देखा परेनन् ? भनेर प्रश्न गरे।

उनले आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीको दिन पनि प्रधानमन्त्रीलाई सदनमा नदेखिनु लज्जास्पद भएको बताए ।

‘सभामुखज्यू ! यो सभाको इज्जत राख्ने काम तपाईंको हो । तपाईंले पनि इज्जत र गरिमा राख्न सक्नु भएन भने कसैले सक्दैन’, सांसद राईले भने, ‘तपाईँ यो सभाको नायक हाे। त्यसैले प्रधानमन्त्रीलाई रुलिङ गरेर बोलाउनुहोस् र सभाको गरिमा बढाउनुहोस् ।’