अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षीको विरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको विरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं-प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सदनमा विपक्षी दलको अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो। तर, प्रधानमन्त्री शाह उपस्थित भएनन्। 

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको थियो। तर, विपक्षी दलले भने प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका थिए। 

सत्तापक्षका सांसदहरुले प्रतिनिधि सभा नियमावलीको दफा ३८ मा प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने स्पष्ट व्यवस्था रहेको बताउँदै बैठक सञ्चालन हुनुपर्ने तर्क गरेका थिए ।

तर विपक्षी सांसदहरुले दफा ३८ लाई देखाएर पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो ? भन्दै प्रश्न गर्दै उपस्थित गराउन सभामुख समक्ष माग गरेका थिए ।