अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिया निर्यातको अवरोध हटाउन भारतसँग कूटनीतिक पहल गर्न सांसद नेम्वाङको माग

चिया निर्यातको अवरोध हटाउन भारतसँग कूटनीतिक पहल गर्न सांसद नेम्वाङको माग


काठमाडौँ-नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यात सहज बनाउन भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्। 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद नेम्वाङले चिया किसान, श्रमिक र उद्योगीहरू ठूलो संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

सांसद नेम्वाङले टी बोर्ड अफ इन्डियाको पछिल्लो नीतिका कारण चिया निर्यात ठप्प भएको उल्लेख गर्दै यसले देशको अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारेको बताए। उनले चिया किसान र उद्योगीहरूको संरक्षणका लागि ठोस नीति बनाउन सरकारलाई सचेत गराए।

सदनमा बोल्दै सांसद नेम्वाङले भने, ‘टी बोर्ड अफ इन्डियाको पछिल्लो नीतिले चिया निर्यात ठप्प हुन पुगेको छ। यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ। त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु– भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस्, चिया निर्यातको अवरोध समाधान गरियोस् र चिया उद्योगी र किसानहरूको संरक्षणका लागि ठोस नीति बनाइयोस्।’