काठमाडौँ– नेकपा एमाले सांसद क्षितिज थेबेले ताप्लेजुङ जिल्लाको विकास र विपद्को अवस्थालाई लिएर संसदमा सरकारको कडा आलोचना गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा ‘ताप्लेजुङ डायरी’ प्रस्तुत गर्दै सांसद थेबेले ताप्लेजुङका अधुरा आयोजना र जनताले भोग्नु परेको सास्तीबारे आक्रोश व्यक्त गरे ।
सांसद थेबेले ताप्लेजुङका जनताको अवस्था देख्दा आफूलाई उकुसमुकुस भएको बताए । हावाहुरीले विद्यालय र घरका छाना उडाएको तथा असिनाले बालीनाली सखाप पारेको भए पनि अहिलेसम्म पीडितले राहत नपाएको सांसद थेबेले गुनासो गरे ।
सांसद थेबेले सडक पूर्वाधारको अवस्था निकै दयनीय भएको भन्दै अब जसरी पनि काम हुनुपर्ने बताए ।
सांसद थेबेले डायरी, ‘के गर्ने के नगर्ने उकुसमुकुस भएको छ । हावाहुरीले स्कुल तथा घरका छाना लगेको छ । असिनाले बालीनाली सखाप। जनता अघाध मारमा छन् । आजसम्म राहत छैन । यता हेर्यो खानेपानी समस्या उता सिँचाइका समस्या । एकातिर कृषकको अर्कोतिर श्रमिकको । युवाको बेरोजगार र जनताको गरिबी उत्तिकै महँगी र मूल्य वृद्धि त्यत्तिकै । विकास निमर्माणका असीमित छन् । अब रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ की खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्छ।
झसङ्ग ब्युँझिन्छु । प्रधानमन्त्री ज्यू समय आयो । पाथीभरसडक चुनाव अगाडी तपाइँको यात्रा भएको सडक १० वर्ष भयो अलपत्र परेको । तमोर करिडोर हुँदै ओलाङ्चुङगोला तिप्तला नाका सडक सडक याफ्दुङ् हुँदै कन्चनजङ्गा बेसक्याम्प सडक, मदनभण्डारी सडक, गुफा पोखरी सडक, चुवाभन्ज्याङ तिवापोखरी सडक लगायत जसरी पनि बन्नु पर्छ धन्यवाद।’







प्रतिक्रिया