अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म विरोध जारी राख्ने कांग्रेसको चेतावनी

प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म विरोध जारी राख्ने कांग्रेसको चेतावनी


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित नभए संसद्‌मै निरन्तर विरोध जारी राख्ने चेतावनी दिएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै कडा चेतावनी दिएका हुन् ।

उनले संविधानको धारा ७६ को उपधारा १० बमोजिम प्रधानमन्त्रीलाई संसदप्रति उत्तरादायी बनाउन खोजिएको बताए । प्रधानमन्त्रीसँग गम्भीर प्रश्नहरू सोध्न बाँकी रहेको उनले बताए ।

राईले सभामुखलाई पनि लक्षित गर्दै संसद्को संरक्षकका रूपमा गम्भीर भूमिका खेल्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन पहल गर्नुपर्ने माग राख्दै अन्यथा विपक्षीको विरोध जारी रहने स्पष्ट चेतावनी दिए ।

उनका शब्दमा — “प्रधानमन्त्री नआए हाम्रो विरोध जारी रहन्छ, सदनलाई बेवास्ता गर्नु लोकतान्त्रिक अभ्यासमाथिको उदासिनता हो।”

कांग्रेसले प्रधानमन्त्रीको अनुपस्थितिलाई सामान्य नठान्न चेतावनी दिँदै सत्ता पक्षले समेत यसलाई हल्का रूपमा लिएको आरोप लगाएको छ । अहिले संसद्‌भित्र राजनीतिक तनाव झन् चुलिएको छ र प्रधानमन्त्रीको उपस्थिति नै मुख्य विवादको केन्द्र बनेको छ ।