अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रमुख सचेतक महरको प्रश्न- ‘प्रधानमन्त्री फेरि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ?’

एमाले प्रमुख सचेतक महरको प्रश्न- ‘प्रधानमन्त्री फेरि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ?’


प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाह संसदमा उपस्थित नभएर फेरि पनि सुकुम्बारी बस्तीमा डोजर लगाउँदै हो भनेर प्रश्न गरेका छन्।

बिहीबारको संसद बैठकमा बोल्दै प्रमुख सचेतक महरले सो प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्री ज्यूले के काम गरिरहनु भएको छ। त्यसबारेमा थाहा पाउनुपर्छ। संसदमा किन आउनु भएन, के फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ?’ प्रमुख सचेतक महरले प्रश्न गरे ।

संसदमा नियमावलीको भन्दा नियतको प्रश्न रहेको उनले बताए। प्रधानमन्त्रीले पटक पटक संसदलाई उपेक्षा गरेको र हुर्मत लिएको उनको आरोप छ।  ‘अनुहार हेर्नको लागि होइन, लोकतान्त्रिक न्यायिक र कानुन सम्मत माग हो। कुरा नियमावलीको होइन नियतको हो। कुन नियत प्रधानमन्त्रीले राख्नुभएको छ भन्ने कुरा हो। कहिले राष्ट्रपतिको अपमान गर्ने कहिले संसदको। जवाफ नदिने ?,’ महरले भने।