काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता गणेश पराजुलीले सदनमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख डोप्रसाद अर्यालले निर्देशन दिएका छन्।
२०८३ वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले संसदमा ‘भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तोगरी’ भनेर प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले भने, ‘२०८३ वैशाख २९ गते बसेको बैठकमा सांसद गणेश पराजुलीले प्रयोग गर्नुभएको सम्बोधनको क्रममा भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो भन्ने शब्द सभाको अभिलेखबाट हटाउन निर्देश गर्दछु।’







प्रतिक्रिया