अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुमबासी बस्तीमा डोजर चलाउनु सुशासन होइन: महन्थ ठाकुर

सुकुमबासी बस्तीमा डोजर चलाउनु सुशासन होइन: महन्थ ठाकुर


काठमाडौँ-राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। 

राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले जनआन्दोलनको मर्म विपरीत कार्य गरिरहेको आरोप लगाएका हुन्। उनले सुकुमबासीहरूका विरुद्ध डोजर चलाउने कार्यलाई सरकारले ‘सुशासन’ को संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्।

भ्रष्टाचारका सम्बन्धमा टिप्पणी गर्दै ठाकुरले सरकारी कोषको दुरुपयोग हुनु भ्रष्टाचार भए पनि सेवाग्राहीले खुसी भएर दिने ‘उपहार’ लाई सोही दृष्टिले हेर्न नहुने तर्क गरे। सम्पत्ति शुद्धीकरणका नाममा सरकारले व्यवसायीहरूलाई त्रसित बनाउने काम गरेको भन्दै उनले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत व्यङ्ग्यात्मक टिप्पणी गरे। 

उनले भने, ‘जनआन्दोलनका मुख्य विषय कुशासन र भ्रष्टाचारको अन्त्य थियो, तर अहिले सुकुमबासीहरूमाथि डोजर चलाइएको छ। के यसैलाई सुशासन भन्ने हो ? एकातिर अर्थमन्त्री स्वदेशी र विदेशी पुँजी आह्वान गरिरहनुभएको छ, अर्कोतिर स्वदेशी व्यवसायीहरू त्रसित भएर देश छोड्दै छन्। स्वदेशी पुँजी पलायन हुने र व्यवसायी जेल जाने अवस्था रहेसम्म मुलुकमा लगानी र विकास सम्भव छैन।’

मुलुकमा ‘न्यायिक आतङ्क’ व्याप्त रहेको दाबी गर्दै उनले वर्तमान संविधानका कतिपय मस्यौदामा सुधारको आवश्यकता रहेको औँल्याए।