अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित


 काठमाडौं-प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह नै उपस्थित हुनुपर्ने भन्दै विपक्षीले सदन अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्यालले जवाफ दिन अर्थमन्त्री डा. स्वर्र्णिम वाग्लेलाई समय दिए । त्यसपछि विपक्षी सांसदहरू उठे । जवाफका लागि प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने रुलिङ गर्न माग गरे । 

राष्ट्पति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट टेवल गरेको नीति तथा कार्यक्रमामथि बिहीबार छलफल भएर अर्थमन्त्रीले जवाफ दिएपछि पारित गर्ने कार्यसुची रहेको थियो ।