अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध


काठमाडौँ-प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अगाडि उभिएर विरोध गरेका छन्। प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्ने वित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर अगाडि आइ विरोध गरेका हुन्। 

उनीहरूले पर्चा लिएर सभामुखको आसन अगाडि उभिएर विरोध गरेका हुन्। पर्चामा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बनेको खोइ ? लेखेको पर्चा लिएर विरोध गरेका छन् ।

यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो । यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि मर्यादित बन्द श्रम संस्कृति पार्टीलाई आग्रह गरेका छन् ।