अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाको बैठक

पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसदको माग

पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसदको माग


काठमाडौं-पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न नेपाली कांग्रेसका सांसदले माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिनको माग गरेका हुन्।

‘पूर्वगृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ,’ उनले भने। 

सांसद साहले गुरूङलाई चोख्याउन अहिलेको छानबिन समिति बनाइएको आरोप लगाए। नले भने, ‘संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा छ।’

छानबिन आयोगका गतिविधिलाई प्रतिनिधिसभाले निगरानी गर्नुपर्ने उनको भनाइ छ। ‘आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस् । प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र हो तसर्थ, आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्वगृहमन्त्रीको सम्पत्ति उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्,’ उनले भने ।