अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गर्न राप्रपाकी खुस्बु ओलीको माग

मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गर्न राप्रपाकी खुस्बु ओलीको माग


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेतलगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरुले १० देखि १२ लाखमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको दाबी गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेकी हुन् ।

प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदारहरूलाई पठाउने कुरा प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न बाटो प्रयोग गरेर ती देशहरूमा पठाउने गरेको उल्लेख गर्दै त्यसमा निगरानी राख्न पनि सरकारलाई सचेत गराइन् ।

प्रमुख सचेतक ओलीले भनिन्, ‘शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस्। म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराउन चाहन्छु। यो एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता अरु हजारौ घटनाहरु छन् । यी सब घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्ने हुन्छ। नेपाल सरकारले सन २०१७ देखि नेपाली नागरिक विशेष गरी नेपाली महिलाहरुलाई घरेल काममा विदेश जान प्रतिबन्ध लगाएको थियो । सरकारको तर्क थियो। के यो प्रतिबन्धले साँच्चै महिलाहरुलाई सुरक्षित बनायो त रु प्रतिबन्धले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन। हाम्रा महिलाहरुलाई खाडीसम्म पुर्‍याउन एजेण्डहरुले विभिन्न बैकल्पिक रुट प्रयोग गर्दैछन्। कहिले भारत हुँदै उनीहरुलाई बोर्डर क्रम गराइन्छ, कहिले तान्जानियालगायतका अफ्रिकी मुलुकहरुमा ट्रान्जिट गराईन्छ । एजेण्ट जतातिर पनि नेपाली नै छन। त्यसैले यी मानव बेचविखनमा संलग्न एजेण्टहरु ध्वस्त हुन जरुरी छ। अहिले तस्करहरुले कुवेतमा १० देखि १२ लाखमा नेपाली महिलाहरु बेच्ने काम गरिरहेका छन् ।’

प्रमुख सचेतक ओलीले सरकारले वैदेशिक रोजगारीका कारण पीडा सहन बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाई गर्न नहुने पनि बताइन् ।