अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सुशासन’को नाममा सरकारले निजी क्षेत्रलाई आतंकित पार्ने काम गर्‍यो: रामकुमारी झाँक्री

‘सुशासन’को नाममा सरकारले निजी क्षेत्रलाई आतंकित पार्ने काम गर्‍यो: रामकुमारी झाँक्री


काठमाडौं–नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी छन्।

जेठ ४ गते सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्रीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई बिना कसुर पक्राउ गरेर निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी हुन्।

उनले रिसेड्युल एसेट र लेक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानुन तथा बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सीईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानुनको मर्मविपरित रहेको भन्दै निन्दा गरिन्।

उनले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘केही दिनअघि इनभेस्टमेन्ट मेघा बैंकको सीईओलाई प्रहरीले समात्यो। आरोप के छ भने लेक्विडेसनमा गएको रिसेड्युल एसेट कसको हो भनेर सीईओले भन्नुपर्ने। तर बैंक र प्रचलित कानुनको हिसाबले के भन्छ भन्ने कुराको हेक्का नभई जनता र बचतकर्ताको ऋण प्रवाह गर्ने सीईओ र त्यसको संरक्षण गर्ने सीईओलाई सम्पत्ति कसको हो र प्राथमिकता कसको हुन्छ भनेर कुरिबस्नुपर्छ जस्ता आक्षेप र लञ्छानाले बैंकका सीईओ समात्ने र निजी क्षेत्रलाई आतंकित गर्ने, काम गर्न नदिने जे आतंक सरकारले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा गरिरहेको छ यो निन्दनीय छ। तर्साएर शासन गर्ने दिन ढिलो चाँडो जान्छ। त्यसैले यसमा ध्यान दिएर सरकारले प्रचलित कानुनको हेक्का राखोस्।’