काठमाडौँ-सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका उठेको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल सार्वजनिक गर्नुपर्ने माग गरेकी हुन् ।
‘सरकारका मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, बिल सार्वजनिक गर्न माग गर्छु’ उनले भनिन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको विवरणमा उल्लेख छ। अरू सबैजसो मन्त्रीको समेत ठुलो मात्रामा सुनको सञ्चिति देखिएको छ।




प्रतिक्रिया