काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेन-जी आन्दोलनमा सिंहदरबारमा जलेको एउटा भवन आफूहरू बनाउन तयार रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले श्रमदानबाटै सिंहदरबारभित्रको भवन बनाउने बताएका हुन्।
‘जेन-जी आन्दोलनमा जलेको सिंहदरबार भित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस्। हामी श्रमदान गरेर बनाउने छौँ,’ उनले भने।
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल चलिरहेको छ। त्यही क्रममा उनले सुनसरी लगायत देशका विभिन्न जिल्लाका विकास निर्माणका योजनाका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।




प्रतिक्रिया