अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हर्क साम्पाङले आज पनि संसदमा पर्चा देखाउँदै विरोध जनाए

हर्क साम्पाङले आज पनि संसदमा पर्चा देखाउँदै विरोध जनाए


काठमाडौं-प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाएका छन्। बैठक सुरु हुनासाथ प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेही बनाउन माग गर्दै विरोध जनाएका हुन्।

संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए। सभामुखले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ्यो।

हिजो सोमबार संसद् बैठक सुरु हुनासाथ गरिएको प्रदर्शनकामा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चासहित प्रदर्शन गरेका थिए ।

यस्तै पर्चामा प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद् छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत लेखिएको थियो।

श्रम संस्कृति पार्टीले संसद्‌भित्र प्रदर्शन गरेपछि मर्यादित बन्न सभामुख डाेलप्रसाद अर्यालले आग्रह थिए।