अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषयबारे प्रतिनिधिसभामा उठ्यो प्रश्न

रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषयबारे प्रतिनिधिसभामा उठ्यो प्रश्न


काठमाडौँ-प्रतिनिधि सभा बैठकमा विदेशी महिलालाई गर्भवती महिलालाई बनाएर अलपत्र पारेको विषय उठेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नाइजेरियन महिलालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले गर्भवती बनाएको विषय उठाएका हुन्।

‘एक नाइजेरियन महिला आफूलाई गर्भवती बनाएर सांसद बेपत्ता भएको भन्दै सडकबाट न्याय खोजिरहेकी छिन्। विदेशी नागरिक महिलालाई प्रेमजालमा, फसाउने र भावनात्मक ब्ल्याकमेल र जालझेल गरेर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?,’ कांग्रेस सांसद कर्णले प्रश्न गर्दै भनिन्, ‘यो घटनाले आज प्रत्येक नारीको मनमा गम्भीर प्रश्न उठेको छ । यदि घटना सत्य हो भने व्यक्तिगत कुरा मात्रै होइन यो गम्भीर विश्वसनीयताको कुरा हो। नारीहरूले कहिलेसम्म यस्ता घटनासँग जुध्ने ? पीडित महिलाले न्याय पाउनुपर्छ। के भएको संसदले सत्यतथ्य सार्वजनिक गरोस्।’

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती बिकले एक जना सत्तापक्षका सांसदमाथि गम्भीर प्रश्न उठेको भन्दै प्रष्ट पार्नुपर्ने बताइन्।

‘हामीलाई विदेशीले कसरी हेर्लान् ? हामी काँचको घरमा बसेका छौँ । सत्तापक्षसँग उठेको यो गम्भीर सवाल के हो ? सदन स्पष्ट हुनुपर्छ,’ उनले भनिन्, ‘हावाको भरमा गरिएको कुरा हो भने हाम्रो राष्ट्रियताको लागि सही हुँदैन । यथार्थ हो भने माननीय सदस्यलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यथाशीघ्र सत्यतथ्य टुंगो लगाउन माग गर्छु।’

नाइजेरियन युवतीले मोरङ-२ का सांसद कृष्णकुमार कार्कीले आफूलाई गर्भवती बनाएको फरार भएको आरोप लगाएकी छन् । यस्तो समाचार आएसँगै कार्की सोमबारको संसद बैठकमा उपस्थित भएका थिएनन्। सभामुख डोलप्रसाद अर्यालले पटकपटक नाम लिए पनि संसदमा बोल्ने बेला उनी अनुपस्थित रहेका थिए। बोल्नको लागि नाम टिपाए पनि विवादमा परेपछि संसदमा उपस्थित नभएका हुन्।