अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं-प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। मंगलबार प्रि–बजेट छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नआएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र मन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै आवाज उठाउँदै आइरहेको छ।  

यसै क्रममा आज सत्तारुढ रास्वपाकै सांसद अमरेशकुमार सिंहले २० वर्षको इतिहासमा पहिलोपटक अर्थमन्त्रीको अनुपस्थितिमा प्रि–बजेटमाथि छलफल भएको देखेको भन्दै आपत्ति जनाएका थिए।   

विधेयकमाथि छलफलका क्रममा विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएको कुरा उठाएका थिए।  उनले अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने चेतावनी दिए।