काठमाडौं-नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित अवस्थामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न नसकिने बताए।
सांसद राईले प्रधानमन्त्री र अर्थमन्त्री दुवै सदनमा उपस्थित नहुने प्रवृत्तिमाथि प्रश्न उठाए।
‘प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, कसरी चल्छ यो सदन ?’ हामीले बोलेको अर्थ छैन,’ ‘सांसद राईले भने, ‘अर्थमन्त्री नआउँदासम्म चुपचाप बस्छु।’
अर्थमन्त्री नआएसम्म नबोल्ने भन्दै उनी रोष्टममै उभिएर बसेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए।




प्रतिक्रिया