अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा विरोध गर्दा हर्कले देखाएको नियमावली १५ (२) मा के छ ?

संसदमा विरोध गर्दा हर्कले देखाएको नियमावली १५ (२) मा के छ ?


काठमाडौं-प्रतिनिधिसभा बुधबारको बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्लेकार्ड देखाउँदै विरोध जनाएका छन्। सांसद राईले सरकार संसदप्रति जवाफदेही बन्नुपर्ने भन्दै आवाज उठाएका थिए।

सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई चेतावनी दिँदै अमर्यादित व्यवहार नगर्न आग्रह गरे पनि राई बोलिरहे । अन्ततः सभामुख अर्याल उनलाई समय दिन बाध्य भए।

सांसद  राईले प्रधानमन्त्री र मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएको भन्दै प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १५ को उपनियम (२) स्मरण गराएका थिए।

सांसद राईले संसदमा उल्लेख गरेको नियम १५ (२) मा शून्य र विशेष समयमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था रहेको छ ।