काठमाडौँ-विना तयारी व्यवस्था नगरी सुकुमबासीका बसिरहेका बास भत्काएर मासिक १५ हजार तीन महिनालाई दिने निर्णय अमानवीय रहेको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ।
नेकपा एमाले सांसद गुरु बरालले प्रतिनिधिसभाको जारी बैठकमा यो विषय उठाएका हुन्। बसिरहेको स्थानबाट उठाएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने सरकारले अस्थायी बसोबासको लागि भन्दै २५ हजार दिने निर्णय गर्नु अमानवीय रहेको सांसद बरालले बताए ।
सांसद बरालले ५ जना सदस्य भएको परिवारलाई जेठ, असार र साउन ३ महिनाका लागि १५००० दिने निर्णयले एक जनालाई दिनको १०० रुपैयाँ हुने बताए। सँगै उनले १०० रुपैयाँले एक दिनलाई पुग्छ कि पुग्दैन भनेर प्रश्न गरे।




प्रतिक्रिया