अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्रकुमार राईको चेतावनी: ‘एक साताभित्र बाँदर आतङ्क नियन्त्रण नभए संसद् चल्न दिँदैनौँ’

राजेन्द्रकुमार राईको चेतावनी: ‘एक साताभित्र बाँदर आतङ्क नियन्त्रण नभए संसद् चल्न दिँदैनौँ’


काठमाडौँ-प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन्।

जेठ ७ गते बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठुलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए।

सांसद राईले सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो  ? भनी प्रश्न समेत गरे। सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद् बैठक सञ्चालनमा कठिनाइ हुने चेतावनी समेत दिए।  

सांसद राईले भने,  ‘यदि कोही मानिसले बदमासी गर्यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ। उसलाई जेलमा थुनिन्छ। आज बाँदरले सयौँ मानिसहरूको उठिबास लगाइसक्यो। सयौँ मानिसहरूले दाल, भात, तरकारी खान पाएनन्। यसबारेमा सरकार किन सिरियस् हुँदैन रु म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरूमा सबैभन्दा पहिला जनताको जीवनमा ठुलो समस्या भएको बाँदर छ। यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनजीवनको परिवर्तनमा ठुलो समस्या हुन्छ। तसर्थ तत्काल रूपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद राईले बाँदरको आतङ्कबाट नागरिकलाई छुटकारा दिन सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुने बताए।