अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा केसीको कटाक्ष: ‘प्रधानमन्त्री संसदको अंग हो कि भिन्नै साम्राज्यको सम्राट ?’

संसदमा केसीको कटाक्ष: ‘प्रधानमन्त्री संसदको अंग हो कि भिन्नै साम्राज्यको सम्राट ?’


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहको प्रतिनिधिसभा बैठकमा अनुपस्थितिबारे प्रश्न उठाएका छन् । बिहीबारको संसद बैठकमा मनसुन सुरु हुन लागेको सन्दर्भमा चर्चा गर्दै उनले गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शाह संसदको अंग हो कि होइन भनेर सभामुखलाई सोधेका हुन्। 

‘प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ। उहाँ यो संसदको अंग हो कि होइन सभामुखजी ? मैले चाहिँ अहिले थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्य वा टापुको सम्राट हो कि, यो संसदको अभिन्न अंग हो ?,’ उनले भने।