काठमाडौं-प्रतिनिधिसभाको बिहीबारकाे बैठकमा पनि विपक्षी दलले विरोध गरेका छन्।
सभामुख डीपी अर्यालले गृह, रक्षा र विज्ञान प्रविधि तथा नवपर्वतन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहकाे तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।
प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। अहिले प्रतिपक्षी दलका सांसद र सभामुखबिच बहस भइरहेको छ।
उनीहरूले उठेर विरोध विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद ऐन महरलाई एक मिनेटको समय दिए । त्यो एक मिनेट समय नपुग्ने भन्दै नबोल्ने बताए ।




प्रतिक्रिया