काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा नाराबाजी भएको छ।
विपक्षी दलको विरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक अघि बढाएपछि नाराबाजी गरेका हुन्। विपक्षी दलका सांसदले बेल घेराउ गरेका छन्। अहिले विपक्षीहरू संसद्मा नाराबाजी गरिरहेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री एवं गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।
त्यसलगत्तै विपक्षी दलले प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका हुन्। उनीहरूले संसद्मा नाराबाजी गरेका छन्।
विपक्षी दलका सांसदको नाराबाजीबीच सभामुख अर्यालले बैठक सञ्चालन गरेका छन्। प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री गौतमले विभिन्न विधेयक संसद्मा पेश गरेकी छन्।




प्रतिक्रिया