अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा विपक्षीको नारा: निरङ्कुश सरकार मुर्दावाद !

संसदमा विपक्षीको नारा: निरङ्कुश सरकार मुर्दावाद !


काठमाडौँ-विपक्षी राजनीतिक दलका सांसदहरूले  प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन्। उनीहरुले प्रधानमन्त्री वालेन्द्र शाहकाे उपस्थिति खोज्दै  विरोध गरे पनि सभामुखले डीपी अर्यालले पेलेर संसद् चलाएपछि विपक्षी दल एमाले, नेकपा लगायतका सांसदले संसदमै नाराबाजी गरेका हुन्।

विपक्षीको विरोधका कारण पहिलो बैठक स्थगित गरेका सभामुखले बिहीबारको दोस्रो बैठक विपक्षीका माग मुद्दा सम्बोधन गर्न छाडेर पेलेर अघि बढेका हुन् । 

सभामुख अर्यालले बैठकको कामकारबाही अघि बढाएपछि विपक्षी सांसदहरूले संसदमा नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद र निरङ्कुश सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।