अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभामा सांसदकाे प्रश्न: जनताका मुद्दामा सरकार किन मौन ?

राष्ट्रिय सभामा सांसदकाे प्रश्न: जनताका मुद्दामा सरकार किन मौन ?


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन्। राष्ट्रियसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन्। 

राष्ट्रियसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नरबहादुर विष्ट र एमालेका सोमनाथ पार्तेलले जनप्रतिनिधिले जनताले भोगिरहेका समस्याबारे उठाएका विषयको जवाफ दिनुपर्ने बताए। 

‘पहाडको एउटा डाँडोमा गएर चिच्यायो भने अर्को डाँडोसम्म ध्वनि फर्किन्छ तर सरकार ५६ दिनसम्म बोल्दैन,’ एमाले सांसद पोर्तेलले भने। 

उनले जनप्रतिनिधिले उठाएका विषयमा जवाफ दिन रुलिङ गर्न पनि सभाध्यक्षमार्फत माग गरे। त्यस्तै सांसद विष्टले सरकार बनेको ५६ दिनसम्म राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ नदिनु उपयुक्त नहुने बताए।