अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई सांसद आरेन राईको प्रश्न- जिबी राई कहिले पक्राउ पर्छन् ? 

सरकारलाई सांसद आरेन राईको प्रश्न- जिबी राई कहिले पक्राउ पर्छन् ? 


काठमाडौँ-  श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्दै संसदमा प्रश्न गरेका छन्। आज प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद राईले सरकारलाई यस्तो प्रश्न गरेका हुन्।

सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताए।

सांसद राईले बाँदर आतङ्कको अन्य कहिले हुन्छ ? भनेर पनि प्रश्न गरेका छन्। साथै सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरे।

‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुमुमवासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? जिबी राई कहिले पक्राउ पर्छन् सरकार,’ सांसद राईले प्रश्न गरे।