काठमाडौँ-प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन्।
सभामुख डीपी आर्यालले नियमित कार्यसूचीमा बैठकलाई प्रवेश गराएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले मंगलबारको सदनमा अवरोध गरेका हुन्।
सभामुख आर्यालले पर्यटनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । त्यसलगत्तै विपक्षी सांसदहरू उभिएका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।




प्रतिक्रिया