काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन्।
जेठ १२ गते मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महरले सो आरोप लगाएका हुन् ।
सांसद महर प्रश्न गर्दै भने, ‘संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?’
सांसद महरले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा जवाफ दिनुपर्ने बताए। उनले प्रधानमन्त्री शाहले संसदलाई छल्न खोजेको आरोप लगाए।
सांसद महरले प्रधानमन्त्री शाह संसदलाई रेस्पोन्स नगरेर खोपीको देउवा बन्न खोजेको भन्दै प्रश्न गरे । ‘सत्तापक्ष र सरकार खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गर्दै हो ? लोकतन्त्रको चिरहण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ?’
प्रधानमन्त्री नआइ सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए। समाजको सामाजिक, आर्थिक नीति, सीमाका विषयमा प्रश्न रहेको उनले बताए।
‘झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र यसको प्रमुख संसदसँग किन तर्सिरहनुभएको छ। संसदसँग किन टाढा भइरहनुभएको छ र यसलाई छल्न खोजिरहनुभएको छ? आज आमनेपाली जनता र हामी माननीयहरूको आम प्रश्न हो,’ सांसद महरले भने।
आफूलाई उत्पादन गर्ने संसदलाई इरेस्पेक्ट गर्ने काम भएको उनले बताए । महरले संविधानको धारा ७६ को उपधारा १० र धारा ८१ सरकाबाट संविधानको उलंघन गर्ने काम भइरहेको बताए ।




प्रतिक्रिया