काठमाडौं-नेपाली कांग्रेसले पार्टीको सांसद गीता स्याङ्देनलाई मर्यादापालकले प्रतिनिधिसभा बैठकबाट निकालेकोप्रति आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले पार्टीका सांसदलाई मर्यादापालकले बैठकबाट बाहिर निकालेका भन्दै आपत्ति जनाए।
उनले भने, ‘सभामुखको आदेशबिना नै हाम्रो पार्टीको सांसदलाई तीन जना मर्यादापालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ। तर सभामुखको आदेशबिना गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन।’
कांग्रेसको आपत्तिपछि सभामुख अर्यालले सांसद स्याङ्देनले सभामुखतर्फ स्पष्ट देखिने गरी भिडिओ र फोटो खिच्ने प्रयास गरेको बताए।
उनले फोटो भिडिओ खिचेको छ कि छैन भनेर मर्यादापालकलाई हेर्न निर्देशन दिएको बताए। उनले मर्यादापालकले बाहिर ननिकालिएको जिकिर गर्दै विषय तोडमोड नगर्न आग्रह गरे।




प्रतिक्रिया