अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि हर्क साम्पाङले बहिष्कार गरे संसद् बैठक

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि हर्क साम्पाङले बहिष्कार गरे संसद् बैठक


काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बैठक बहिष्कार गरेका छन्।

 सांसद साम्पाङले प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन । 

यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै  सांसद साम्पाङले आफूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए । 

सभामुखले यस विषयमा अघिल्लो दिन पनि छलफल भएको जानकारी दिए । तर, प्रधानमन्त्रीको उपस्थिति वा जवाफ अनिवार्य भएको भन्दै साम्पाङले आफूलाई बैठकबाट निकाल्नुपर्ने अडान राखे ।

नियमावलीअनुसार प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको उनको भनाइ थियो ।

केहीबेरको भनाभनपछि उनी बैठक कक्षबाट बाहिरिएका थिए ।