काठमाडौं-नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सिंहदरबारस्थित संसद भवन फिल्म हलजस्तो बनाइएको भन्दै ध्यानाकर्षण गराइएको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
‘यो नयाँ संसदबाट नयाँ बजेट ल्याउने तयारी सरकारको छ। सभामुखबाट निरीक्षण पनि भएको छ। यो भवन मेहनत र ठूलो लगानी गरेर बनाइएको हो। यसको प्रयोग दीर्घकालीन सही ढंगले गर्नुपर्छ। हतारमा मात्रै प्रयोग गर्नुहुन्न,’ महरले भने, ‘निरीक्षणका क्रममा सभामुखले यो भएन त्यो भएन भन्नुभएको थियो। तर, प्रतिनिधिसिभाका फिल्म हलजस्तो बनाइएको छ। सभाहलभन्दा फिल्म हलको जस्तो कुर्सी राखिएको छ। टेबलहरू कक्षा कोठाका जस्ता छन् । प्रतिनिधिसभालाई गरिमामय हल जस्तो बनाइयोस्।’




प्रतिक्रिया