अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीटप्पुदेखि कञ्चनजङ्घासम्म ‘कोशी कोरिडोर’ योजना अघि बढाइने

कोशीटप्पुदेखि कञ्चनजङ्घासम्म ‘कोशी कोरिडोर’ योजना अघि बढाइने


काठमाडौँ-सरकारले कोशीटप्पुदेखि कञ्चनजङ्घासम्म फैलिएको क्षेत्रलाई समेटेर ‘कोशी कोरिडोर’ योजना अघि बढाउने घोषणा गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतर्दै ग अर्थमन्त्री स्वर्णिम वाग्लेले जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकासलाई केन्द्रमा राखेर कोशी कोरिडोर योजना कार्यान्वयन गरिने बताएका हुन्।

उनले कोशी क्षेत्रको प्राकृतिक सम्पदा, पर्यावरणीय सन्तुलन तथा हरित ऊर्जाको सम्भावनालाई उपयोग गर्ने उद्देश्यसहित योजना अघि सारिएको जानकारी दिए। बजेट वक्तव्यअनुसार कोशीटप्पुदेखि कञ्चनजङ्घासम्मको भूभागलाई समेटेर वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन तथा दिगो विकासका कार्यक्रम सञ्चालन गरिनेछ।

सरकारले यस योजनामार्फत पूर्वी नेपालको पर्यावरणीय महत्व बोकेको क्षेत्रमा दीर्घकालीन संरक्षण र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।