काठमाडौं-सरकारले सामाजिक सुरक्षा भत्ता वास्तवमै आवश्यक पर्ने नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यसहित सक्षम नागरिकलाई स्वेच्छाले भत्ता त्याग्न आग्रह गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ लक्षित र न्यायपूर्ण बनाइने बताएका हुन्।
अर्थमन्त्री डा. वाग्लेले आर्थिक रूपमा सक्षम व्यक्तिले सामाजिक सुरक्षा भत्ता नलिने संस्कार विकास गर्नुपर्ने उल्लेख गर्दै सरकारले “सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ” भन्ने नारा अघि सारेका छन्।
अर्थमन्त्री डा. वाग्लेले राज्यको सीमित स्रोतलाई वास्तविक आवश्यकता भएका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला तथा विपन्न वर्गसम्म प्रभावकारी रूपमा पुर्याउन यस्तो अभियान आवश्यक रहेको बताए।
सरकारले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, पारदर्शी र लक्षित बनाउने नीति लिएको पनि उनले स्पष्ट पारे।




प्रतिक्रिया