काठमाडौँ-सरकारले काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको अर्थमन्त्री वाग्लेले बताए।
बजेट भाषणका क्रममा उनले भने “नेपाललाई एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको छ । यसै अनुरूप काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने छ। हजारौँ एआई प्रोसेसिङ युनिट (एपीयूँ) खरिद गरी एआई उद्यमी र स्टार्ट–अपहरूलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने छ।’
सरकारले यो प्रविधिमार्फत नेपाली युवा उद्यमी र प्रविधि क्षेत्रका नवप्रवर्तनकारी कार्य (स्टार्ट–अप) लाई प्रोत्साहन गर्ने रणनीति बजेटमार्फत अघि सारेको हो।




प्रतिक्रिया