काठमाडौँ-सरकारले लक्षित विद्यार्थीका लागि ८ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेको हो।
अर्थमन्त्री वाग्लेले विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सरकारले विशेष कार्यक्रम अघि सारेको बताए ।
उनका अनुसार “विद्यालय तहदेखि उच्च लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड विनियोजन गरेको छु’ भन्दै सरकारले शिक्षा पहुँच विस्तार र समावेशी शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पारे।
सरकारले यो बजेटमार्फत विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई शिक्षामा पहुँच बढाउने उद्देश्य लिएको छ।




प्रतिक्रिया