अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नर्सिङको रात्री ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

नर्सिङको रात्री ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि


काठमाडौं-सरकारले नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेको हो। 

उनका अनुसार स्वास्थ्य सेवामा निरन्तर खटिनुपर्ने नर्सिङ कर्मचारीलाई प्रोत्साहन र सम्मानस्वरूप रात्री ड्युटी भत्ता दोब्बर बनाइनेछ।

त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दिँदै आएको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि गरिने भएको छ।

सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न र स्वास्थ्यकर्मीको मनोबल बढाउन यी निर्णयहरू महत्वपूर्ण हुने अपेक्षा गरेको ।