काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले लिपलेक लिम्पियाधुराको विवादबारे सरकारले ईंग्ल्यान्डसँग पनि कुरा गरेको बताएका छन्। सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भारत र चीनसँगै इंग्ल्यान्डसँग पनि कुरा भइरहेको बताएका हुन्।
यो विवाद ब्रिटिश इन्डियाले भारत छोडेदेखिको भएकाले ईंग्ल्यान्ड सरकारले पनि सरोकार राखनुपर्ने सरकारको धारणा रहेको उनको भनाइ छ।
उनले लिपुलेकबारे भारतसँग स्पष्ट अडान सरकारले राखिसकेको र भारतबाट जवाफ पनि आएको बताउँदै भने. ‘अब इतिहासविद्हरूसमेतलाई राखेर टेबलटक गर्ने कुरा छ। इंग्ल्यान्डसँग पनि हामीले कुरा गरेका छाैँ।’
नेकपा एमाले सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन्। जवाफमा शाहले यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको बताए। साथै, भारतले यसको जवाफ पनि दिएको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहका अनुसार भारतले यो विषयमा दुवै देशका विज्ञहरुसहित टेबल टकबाट समाधान निकाल्ने प्रस्तताव गरेको छ। ईंग्ल्यान्डसँग पनि छलफल गरेर सरकारले यो विषयमा समाधान निकाल्ने शाहले बताएका छन्।




प्रतिक्रिया