अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलन र मानवअधिकार आयोगको प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही हुन्छ: प्रधानमन्त्री शाह

जेनजी आन्दोलन र मानवअधिकार आयोगको प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही हुन्छ: प्रधानमन्त्री शाह


काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले जेनजी आन्दोलनका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सरकारले अध्ययन गर्ने बताएका छन्। साथै, विभिन्न समयमा गठन भएका अध्ययन तथा छानबिन समितिका प्रतिवेदनहरूलाई पनि एकमुष्ट रूपमा समीक्षा गरेर आवश्यक कारबाही अघि बढाइने उनले बताएका हुन्।

प्रतिनिधिसभाको बैठकमा सांसद अर्जुन नरसिंह केसीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकारले प्राप्त भएका प्रतिवेदनहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र तिनले औंल्याएका विषयमा आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

उनले विगतमा विभिन्न घटनाका सम्बन्धमा तयार भएका प्रतिवेदनहरू कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गर्दै अब ती प्रतिवेदनहरूको समग्र समीक्षा गरी निष्कर्षका आधारमा आवश्यक कदम चालिने बताए।

प्रधानमन्त्री शाहले मानवअधिकार संरक्षण, कानुनी शासन र जवाफदेहितालाई बलियो बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे। उनका अनुसार प्रतिवेदनहरूले दिएका सुझाव र सिफारिसहरूलाई अध्ययन गरेर कार्यान्वयनयोग्य विषयमा आवश्यक पहल गरिनेछ।