काठमाडौं-प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले उनलाई बैठक कक्षबाट बाहिर लगेका छन्।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रूपमा सांसदहरूको प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाएका थिए। सोही क्रममा सांसद तामाङले असन्तुष्टि जनाउँदै आक्रोशपूर्ण व्यवहार प्रदर्शन गरेकी थिइन्।

आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ जान खोजेपछि रास्वपाकै सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए। सांसद रञ्जु दर्शना, ज्वाला संग्रौला र भूमिका श्रेष्ठलगायतले उनको हात समातेर शान्त गराउन खोजेका थिए।
तर तामाङको आक्रोश कायमै रहेपछि सांसद रञ्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बैठक कक्षबाट बाहिर लगेका हुन्।
प्रधानमन्त्रीको जवाफ र त्यसपछिको प्रक्रियालाई लिएर विपक्षी दलका सांसदहरूले संसदमा आपत्ति जनाइरहेका बेला उक्त घटना भएको हो।




प्रतिक्रिया