काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको दाबी गरेका छन्। आज सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सो दाबी थिए ।
‘भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ। मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ। उनीहरूले मिचेको र हामीले मिचेको के हो दुवै देशले अध्ययन गरेर समाधान गर्ने छौँ।’
प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि प्रमुख विपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले आपत्ति जनाइन्।
कांग्रेसकी सचेतक थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको बताइन् ।
सचेतक थापाले भनिन्, ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो । होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् ।’




प्रतिक्रिया