काठमाडौं-विपक्षी सांसदहरूको विरोधकैबीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ पारित भएको छ।
प्रतिनिधिसभा बैठकमा लफडाबीच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका हुन्।
समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
नियमावलीको नियम २५९ मा सांसदहरूका लागि ‘नियमावली लागु हुने’ सम्बन्धी प्रावधान छ।
दफा २५९ को उपदफा १ मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागु हुनेछ।’
उपदफा २ मा थप भनिएको छ, ‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहनेछ।’




प्रतिक्रिया