अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध

प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध


काठमाडौं-सोमबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरुले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दावित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन्।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।

सभामुख अर्यालले राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई समय दिएका थिए । त्यसपछि सभामुख अर्यालले रास्वपाका सांसद इन्दिरा रानामगरलाई बोल्न समय दिएका थिए । तर विपक्षी दलका सांसदहरूले टेबल ठोकेर ध्यानाकर्षण गरेपछि सभामुख अर्यालले कांग्रेसका सचेतक निश्कल राईलाई समय दिएका छन् ।