काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सभामुख डोलप्रसाद अर्याललाई प्रतिनिधि सभा बैठक पेलेर नचलाउन आग्रह गरेकी छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्तिका सन्दर्भमा प्रतिनिधि सभाका शीर्ष नेताहरूसँग छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्न आग्रह गरिन्।
उनले प्रधानमन्त्री शाहलाई आफूले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेकी छन् । कहिलेकाहीँ झुक्किएर पनि बोल्न सकिने भए पनि त्यसलाई सच्याएर अगाडि बढ्न आग्रह गरिन्।




प्रतिक्रिया